पोखरा । फेवाताल किनारास्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) सन्तोष निरौलालाई स्वागत गरिएको छ ।
यस क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारीका साथ २ हप्ता अगाडिमात्र सरुवा भई आएका निरौलालाई माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापा, निवर्तमान अध्यक्षद्वय गिरिराज अधिकारी र मंगल नेपालीले सामुहिकरुप्मा सन्ध्या आरती स्थलमा पबित्र रुद्ध्राक्षको मालाले स्वागत गरेका हुन ।
सन्ध्या आरतीका प्रमुख अतिथि समेत रहेका निरौलाले पर्यटकीय राजधानी पोखराको शान्ति सुव्यवस्था कायम गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । साँझको समयमा फेवाताल किनारामा महाआरती सञ्चालन गर्दा सकरात्मक सन्देश प्रवाह भई नकरात्मक सोचको अन्त्य हुनेमा जोड दिंदै उनले धार्मिक एवम् आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
२०७५ साल असोज २४ गते घटस्थापनाका दिनबाट सञ्चालन भएको सन्ध्या आरती कोभिडको समय होस वा बर्षाको समयमा पनि निरन्तरता दिंदै आएको माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापाले जनाए । संस्थाका निवर्तमान अध्यक्ष मंगल नेपालीका अनुसार परिवारका सदस्यको जन्मदिनमा वा पुण्यतिथिमा आरतीमा कर्ता बन्नेको संख्या दिन प्रतिदिन बृद्धि हुँदा आरती सञ्चालनमा सहयोग पुग्ने गरेको छ । यसले पर्यकीय राजधानी पोखरा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको उनको भनाई छ ।
फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट संङ्गीतमय धुनमा हुने सन्ध्या आरतीमा सवै धर्मावलम्बी र विभिन्न उमेर समुहको रोजाईमा पर्ने गरेको छ । आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदान, लाछीधागो, फुलपाती लगायत विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने पण्डित तथा आरती समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले जनाए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु