म्याग्दी । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयमा गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६३ करोड २४ लाख ५ सय २९ राजस्व संकलन भएको छ ।
बागलुङ, डुम्रे र नवलपुरमा एक/एक र कास्कीमा २ यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा रहेको यातायात सेवा कार्यालयले सो राजस्व सङ्कलन गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
आव २०७८/७९ मा २ अर्ब २४ करोड र २०७९/८० मा ३ अर्ब १७ करोड राजस्व संकलन गरेका थिए । मन्त्रालयको यातायात शाखाका प्रमुख अनिल सुवेदीले सवारी खरिद/बिक्रीमा भएको गिरावटको असर राजस्वमा परेको दाबी गरे ।
‘सवारी करको दर यथावत भए पनि खरिद बिक्रीमा आएको कमीले राजस्व संकलन घटेको हो,’ उनी भन्छन् ।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले यसअघि दैनिक १० देखि १२ वटा सवारीसाधन खरिद बिक्री हुनेमा हिजोआज दैनिक एक/दुई वटामात्र हुने गरेको सुनाइन् ।
मन्त्रालयका अनुुसार गत आवमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालय सवारी कास्कीले १ अर्ब ४२ करोड ३० लाख ४० हजार ६ सय २४ राजस्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुुमतिपत्र कास्कीबाट २४ करोड ६ लाख २६ हजार ६ सय ७९, बागलुुङमा १९ करोड १६ लाख ९ हजार ९ सय २८, नवलपुुरमा ३० करोड ३५ लाख ५३ हजार ९ सय ५३ र डुुम्रेमा २० करोड चार लाख ७० हजार ५ सय ९२ राजस्व संकलन भएको छ ।
गोरखामा १२ करोड ४७ लाख ५८ हजार ७ सय ५७, लमजुङमा ४ करोड ६१ लाख ११ हजार ७ सय ५५ र स्याङ्जामा १ करोड २२ लाख २८ हजार २ सय ४० राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।
सवारी चालक अनुमतिपत्र जारी, नवीकरण, सवारी साधन दर्ता, नवीकरण र जरिवाना लगायत शीर्षकमा राजस्व संकलन भएको हो । यातायात कार्यालय गण्डकी प्रदेश सरकारमा सबैभन्दा बढी राजस्व संकलन गर्ने निकाय हुन् । यातायात कार्यालयको सेवालाई प्रविधिको प्रयोगमार्फत पहुँचयोग्य, झन्झटमुक्त र छरितो बनाउने प्रयास गरेको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले दाबी गरे । रासस
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’