पोखरा । न्याय परिषद्को बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भई असफल भएकाहरू पनि अटाएका छन् । उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् ।
उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । न्यायाधीश अभावको समस्या सबैभन्दा धेरै सर्वोच्चले भोगिरहेको छ । तर परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो ।
उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रत्नबहादुर बागचन्द आउने भएका छन् । उनी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए । उनको ठाउँमा यहाँका का.मु.न्यायाधीश राजनप्रसाद भट्टराई गएका छन् ।
राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा अब भट्टराईको सट्टामा उच्च अदालत पोखराकै न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय भएको छ ।
कास्की जिल्ला अदालतमा डोल्पाबाट भोलानाथ ढकाल, अर्घाखाँचीबाट कृष्णजंग शाह आउने भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको डँडेलधुरा जिल्ला अदालतमा सरुवा भयो । उच्च अदालत पोखरा, बागलुङ इजलासमा सर्वोच्चका इजलास अधिकृत लालसिंह थापा आउने भएका छन् ।
सम्बन्धित खबर
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण