युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।
‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए ।

गौतमको रक्तदान यो ५५ औं पटक हो । गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए । निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।
दाह्री ग्याङ पोखराका पुर्व संयोजक अभिमन्यु पाण्डे (बिक्रम)ले वार्षिक क्यालेण्डर अन्तरगतकै श्रावनको अन्तिम सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् ।
कार्यक्रमको सञ्चालन पुर्व संयोजक पाण्डेले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?