स्याङ्जा । सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो।
प्रहरीले तीनजनालाई पक्राउका लागि अदालतसमक्ष माग गरेको थियो । पुतलीबजार–३ मा केन्द्रीय कार्यालय रहेको र बिरुवा गाउँपालिका, आँधिखोला गाउँपालिकाको जुग्ले र चापाकोट नगरपालिकाको साँखरमा शाखा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारी पक्राउ परेका हुन् ।
स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा गाउँपालिका अध्यक्ष कुँवरमाथि उजुरी परेको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।
सहकारीको बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम हिनामिना भएको भनदै ध्रुवनारायण श्रेष्ठले यही साउन १० मा प्रहरीमा उजुरी दिएपछि स्याङ्जा प्रहरीले भोलिपल्टै केन्द्रप्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेका थिए । मंगलबार पक्राउ भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाकी कर्मचारी थिइन् ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले सोमबार अध्यक्ष कुँवरसहित तीन जनालाई पक्राउ अनुमतिका लागि निवेदन दिएकोमा जिल्ला अदालतले अनुमति दिएको थियो । प्रहरीले सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि अध्यक्ष कुँवरलाई पक्राउ पुर्जी जारी गरिएको र फरार भएपछि खोजतलासको काम भइरहेको जनाएको छ । अध्यक्ष कुँवर कुनै बेला सहकारीका सचिव थिए ।
वाग्ले पक्राउ परेपछि नै प्रहरीले २० गतेभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सोही आधारमा प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले यो सहकारीमाथि छानबिन गरेको थियो । छानबिनको क्रममा सावाँ र ब्याजसहित गरी ३ करोड ६६ लाख ९३ हजार रुपैयाँ हिनामिना भएको देखिएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ