आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवमा जन माविलाई सहयोग

आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवमा जन माविलाई सहयोग

Jana_mabi_ime

आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको अवसरमा वालिङ् शाखाले जन माविलाई सहयोग गरेको छ ।

सातौं वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आईएमई लाइफ इन्स्योरेन्स वालिङ् शाखाले अर्जुनचौपारी गाउँपालिका -४ रापाकोट स्थित जन माध्यमिक विद्यालयका विद्यार्थीलाई अध्ययन तथा शैक्षिक सामाग्री सहयोग गरेको हो ।

इन्स्योरेन्सको वालिङ् शाखाले आफ्नो संस्थागत, सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १२० जना विद्यार्थीलाई अध्ययन तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेको आईएमई लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख कर्मराज पौडेलले बताए ।

कार्यक्रममा सोही वडाका वडा अध्यक्ष भुवन सिंह गुरुङले इन्स्योरेन्सले शैक्षिक क्षेत्रमा पुर्याएको सहयोग प्रशंसनीय रहेको बताउँदै विद्यार्थीहरुलाई अध्ययनप्रती थप हौसला मिलेको बताएका थिए ।

सोही कार्यक्रममा विद्यालयकी शिक्षिका एवं आईएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर तिल कुमारी रोका केसीले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । विद्यालयका प्रधानाध्यापक आत्मराम चपाईँको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन इन्स्योरेन्सको वालिङ् शाखाकी प्रबन्धक धना अर्यालले गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ