यहाँको सबैभन्दा पूरानो निजी क्षेत्रको संस्था पोखरा उद्योग वाणिज्य संघ यतिबेला ३५ औं अधिवेशनको तयारीमा छ । यही भदौ २८ र २९ गते नयाँ नेतृत्व चयन गर्नेछ । संघको अध्यक्ष पदका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की आकांक्षी छन् ।
यसअघि, अध्यक्षमा उठेर पवन प्रजापतिसँग पराजित अर्जुन यसपटक एक महिना अघि नै पुनः चुनावी मैदानमा उत्रिसकेका छन् । शनिबार आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका अर्जुनले उथलपुथल नै गरिदिए । अध्यक्षका अर्का आकांक्षी गोकर्ण कार्कीको प्यानलमा उठ्ने सम्भावित उम्मेदवारहरु सबै तानेर उनले उम्मेदवारी घोषणा गर्न सफल बनेका छन् ।

३४ औं अधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका अर्जुन यस पटक जसरी पनि नेतृत्व हत्याउने दाउमा थिए भने हालका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की स्वभाविक दावेदार हुने नै भए ।
यसअघि प्रजापतिको प्यानल नै विजयी बन्दा कार्की वरिष्ठ उपाध्यक्ष निर्वाचित थिए । सोहि टीम अहिले एकढिक्का भएर अर्जुनलाई कठिन फेरि बनाउने अनुमान लगाइरहँदा स्थिति उथलपुथल गर्दै अर्जुनले सबैलाई आफ्नो पक्षमा पार्दा यहाँका उद्योगी व्यवसायी चकित परेका छन् ।
शनिबार अपरान्ह अर्जुन पोखरेलले आफ्नो पदाधिकारीसहितको टीमको घोषणा गरेका हुन् । अर्जुनको टीमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, बाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।
यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर, उनीहरु सबैलाई समेटर अर्जुनले टीम घोषणा गरेका छन् ।
आफ्ना टीममा रहने वर्तमान कार्यसमितिका अधिकांश अर्जुनको टीमबाट उमेद्वार बन्ने भएपछि गोकर्ण कार्कीले अब कस्तो टीम बनाउलान् ? भन्ने उत्सुकता बढेको छ ।
पोखरा उद्योग वाणिज्य संघमा प्यानलगत रुपमा चुनावी प्रतिष्पर्धा हुँदै आएको छ । संघमा दलगत प्रतिष्पर्धा भन्दा समूहगत प्रतिष्पर्धा हाबी छ । पूर्व अध्यक्षहरुको चलखेलका कारण आफू निकट उम्मेदवारहरु अघि सार्दा यसअघि एकैपटक ६ जनासम्म अध्यक्षमा चुनाव लडेको विगत छ ।
यहाँका व्यवसायीको छाता संस्था रहेर पनि संघले व्यवसायिक हकहितका विषय तथा मुद्धा उठाउन तथा अधिकार स्थापित गर्न कमजोर बन्दै गइरहेको स्वयं व्यवसायीहरु बताउँछन् ।
पोखरा उद्योग बाणिज्य संघमा करिब २ हजार ७ सय उद्योगी व्यवसायी सदस्य रहेका छन् । उनीहरुले नै प्रत्यक्ष मतदान गरेर अध्यक्ष सहित नयाँ कार्यसमिति चुन्ने व्यवस्था रहेको छ ।
अर्जुन पोखरेल २०७१ मा संघको कार्यसमितिको सदस्य निर्वाचित भएपछि क्रमशः उपमहासचिव, महासचिव र वाणिज्य तर्फको उपाध्यक्ष भएर अनुभव लिइसकेका छन् ।
गोकर्ण कार्की २०५५ मा संघको साधारण सदस्य बनेपछि २०६१ मा संघको कार्यसमितिको सदस्य बन्न चुनाव लडेको भएपनि पराजित बनेका थिए । उनी २ कार्यकाल उद्योग तर्फको उपाध्यक्ष र पछिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षमा रही कार्यरत छन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु