जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।
उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज गएका उनका ज्वाइँ गोपी सिंहले जानकारी दिए ।
‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन’, सिंहले भने ।
गत साउन २६ गतेसम्म आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि उनका बाबु हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । छोरा हराएको खबर पाएपछि हंसबहादुर पनि नेपालगञ्ज पुगेका थिए । नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि उनीहरुले निवेदन दिएका छन् ।
नेपालगञ्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको बुबा हंसबहादुरले बताए ।
‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय रुपैयाँ पुगेपछि पछि तिरौंला भनेर फर्कियौं’, उनले भने ।
हंसबहादुरले छोराको खोजीका लागि प्रहरीलाई आग्रह गरेका छन् । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताइन् ।
‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौं’, उनले भने, ‘दुवैले यहाँ बस्दा खाएको १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ ।’
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’