स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रशासकीय भवनभित्र रहेको प्रतीक्षालयमा पुस्तकालय स्थापना गरेको छ । एघारवटा पालिका रहेको स्याङ्जामा व्यवस्थित पुस्तकालय स्थापना गर्ने पालिका अर्जुनचौपारी पहिलो हो ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको आर्थिक सहयोग साथै विश्व हिन्दु युवा सङ्घको समन्वयमा पालिकाभित्रै पुस्तकालय स्थापना गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । उनले मन्त्रालयको एक लाख ७५ हजार र गाउँपालिकाको ७५ हजार रुपियाँ गरी दुई लाख ५० हजार रुपियाँमा पालिकाभित्र रहेको प्रतीक्षा कक्षमा पुस्तकालय स्थापना गरिएको बताए ।
पालिकाभित्र रहेको पुस्तकालयमा चार वेद, गिता, श्रीमद् भागवत, विष्णुपुराण, महापुराण, गिता, विश्वको इतिहास, नेपाली इतिहास, नेपालको संविधान, नेपाली बृहत् शब्दकोश, बाल साहित्यका कथा, उपन्यास, विद्यालयमा पठनपाठनका शैक्षिक सामग्री सहित छ सय महत्त्वपूर्ण पुस्तकहरू पुस्तकालयमा उपलब्ध छन् । विश्व हिन्दु युवा सङ्घका अध्यक्ष नवराज पौडेलले सबै पुस्ताका पाठकको रुचिलाई मध्यनजर गरेर पुस्तकालयमा नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू राखिएको जानकारी दिए ।
युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्व र गरिमा बुझाउन र पठन पाठनको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको पालिका अध्यक्ष तिवारीको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शैक्षिक गुणस्तर वृद्धि र नागरिक चेतनाको विकासमा पुस्तकालयले सहयोग पुऱ्याउने बताउँदै पालिकाको शैक्षिक सुधार अभियानको क्रममा पुस्तकालय व्यवस्थापनमा विश्व हिन्दु युवासंघसँग सहकार्य गरिएको बताए ।
गाउँपालिकाले व्यवस्थापन गर्ने पुस्तकालय आइतबारदेखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने पालिकाले जनाएको छ । गाउँपालिकामा कामको लागि जाने, लेखपढ गर्ने, सानो बालकदेखि विद्यार्थी, वृद्ध सम्मलाई उक्त पुस्तकालय फलदायी छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ