अटोमेटेड स्मार्ट पार्किङ’ निर्माण गर्न काठमाडौं महानगरपालिकाले स्वदेशी तथा विदेशी कम्पनीसँग आशय-पत्र माग गरेको छ |सार्वजनिक निजी साझेदारिताको बिधिबाट विकासकर्तालाई समेट्न महानगरले डिएफबिओटी ढाँचा अघि सारेको हो ।
डीएफबीओटी मोडेलमा लगानीकर्ताको डिजाइनलाई महानगरले आˆनो मापदण्ड बमोजिम स्वीकृत गर्छ । स्वीकृत डिजाइनमा विकासकर्ताले भौतिक संरचना तयार गर्छ, महानगरसँग भएको सम्झौताका आधार र विधिमा निश्चित समय सञ्चालन व्यवस्थापन गर्छ र तोकेको समय पुगेपछि दुरुस्त अवस्थामा महानगरलाई हस्तान्तरण गर्छ ।
निर्माण सम्पन्न भएपछि यस प्रकारको संरचना नेपालमा नै पहिलो हुनेछ । यस संरचनामा आकाशे पानी संलकन विधि जडान गरिनेछ भने पार्किङ स्थल पहुँचयुक्त, पैदलयात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ् सेन्सर, विद्युतीय टिकट संकलन तथा भुक्तानी पद्धति, गतिविधिलाई रियल टाइममा मोनिटरिङ गर्न सकिने विधि हुनेछ ।
महानगरको सार्वजनिक निजी साभेदारि इकाई प्रमुख महेश काफ्लेका अनुसार भवन ग्रीन बिल्डिङ्, स्मार्ट प्रविधि र एकीकृत यातायात प्रणालीमा आधारित हुनेछ । ५०० वटा सवारी पार्किङ्का लागि बनाइने यो भवन ७ तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनु पर्ने तथा कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने यसका थप सूचक हुन्।
लगानीकर्ताले यस प्रकारको संरचना बनाउन सक्छु भनेर आफूलाई प्रमाणित गर्ने अनुभव, आर्थिक र प्राविधिक क्षमता आशय पत्रमार्फत पेश गर्नुपर्ने महानगरले जनाएको छ ।जसका लागि महानगरले धर्मपथ(न्युरोड)मा जग्गा उपलब्ध गराउनेछ ।यो निर्माण सम्पन्न भए पछी निश्चित समय सम्म निर्माण कम्पनीले नै संचालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछन् |
सम्बन्धित खबर
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
स्याङ्जा प्रशासनको प्रभावशाली राजस्व सङ्कलन: राहदानीबाट मात्रै सात करोडभन्दा बढी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’