अटोमेटेड स्मार्ट पार्किङ’ निर्माण गर्न काठमाडौं महानगरपालिकाले स्वदेशी तथा विदेशी कम्पनीसँग आशय-पत्र माग गरेको छ |सार्वजनिक निजी साझेदारिताको बिधिबाट विकासकर्तालाई समेट्न महानगरले डिएफबिओटी ढाँचा अघि सारेको हो ।
डीएफबीओटी मोडेलमा लगानीकर्ताको डिजाइनलाई महानगरले आˆनो मापदण्ड बमोजिम स्वीकृत गर्छ । स्वीकृत डिजाइनमा विकासकर्ताले भौतिक संरचना तयार गर्छ, महानगरसँग भएको सम्झौताका आधार र विधिमा निश्चित समय सञ्चालन व्यवस्थापन गर्छ र तोकेको समय पुगेपछि दुरुस्त अवस्थामा महानगरलाई हस्तान्तरण गर्छ ।
निर्माण सम्पन्न भएपछि यस प्रकारको संरचना नेपालमा नै पहिलो हुनेछ । यस संरचनामा आकाशे पानी संलकन विधि जडान गरिनेछ भने पार्किङ स्थल पहुँचयुक्त, पैदलयात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ् सेन्सर, विद्युतीय टिकट संकलन तथा भुक्तानी पद्धति, गतिविधिलाई रियल टाइममा मोनिटरिङ गर्न सकिने विधि हुनेछ ।
महानगरको सार्वजनिक निजी साभेदारि इकाई प्रमुख महेश काफ्लेका अनुसार भवन ग्रीन बिल्डिङ्, स्मार्ट प्रविधि र एकीकृत यातायात प्रणालीमा आधारित हुनेछ । ५०० वटा सवारी पार्किङ्का लागि बनाइने यो भवन ७ तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनु पर्ने तथा कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने यसका थप सूचक हुन्।
लगानीकर्ताले यस प्रकारको संरचना बनाउन सक्छु भनेर आफूलाई प्रमाणित गर्ने अनुभव, आर्थिक र प्राविधिक क्षमता आशय पत्रमार्फत पेश गर्नुपर्ने महानगरले जनाएको छ ।जसका लागि महानगरले धर्मपथ(न्युरोड)मा जग्गा उपलब्ध गराउनेछ ।यो निर्माण सम्पन्न भए पछी निश्चित समय सम्म निर्माण कम्पनीले नै संचालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछन् |
सम्बन्धित खबर
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला