सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ

pakrau

दाङ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन्।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds