काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।
चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अतिथि भूमिकामा छन् । मुस्कान खातुनसहित एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका छन् ।
चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, सुरवीर पण्डित, सुनील कटुवाल लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।
यस्तै, छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन् । लैङ्गिक विभेद, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटाको अभिनय रहेको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?