रूपन्देही । रूपन्देहीको देवदह नगरपालिकामा तीजको दर खाएपछि ३१ जना बिरामी परेका छन् । नगरपालिकाको वडा नं. ५ र ६ का महिला र पुरुषले सामूहिक दर खाएपछि उनीहरूलाई स्वास्थ्य समस्या भएको हो ।
भदौ ६ गते सहारा आमा समूहमा आबद्ध महिलासहित उनीहरूका परिवार सहभागी भई सामूहिक दर खाएका हुन् । बिहानै खाजा पकाइ खाएर बुटवलको फूलबारी घुमी फर्केका उनीहरूले पुनः खाना खाई रमाइलो गरेर घर गएका थिए ।
बेलुकादेखि बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । ३१ जनामध्ये पाँच जनाले घरमै औषधि ल्याएर खाएका र अरुले नजिकैको क्लिनिक तथा अस्पतालमा गरेर उपचार गराएका छन्।
धेरैजसो बिरामी निको हुँदै गए पनि चार जनालाई भने देवदह मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएको छ।
दरमा ब्रोइलर कुखुरा र खसीको मासु, तरकारी, अचार, भात लगायतको प्रयोग भएको बताइएको छ।
खानामा केही तादात्म्यता नमिल्दा बिरामी परेको हुन सक्ने गिरी मेडिकलका संचालक छविराज गिरीले बताए । उनले बिरामीले अचार, मासु, तरकारी सबै चिज खाएको र तीनैमध्ये केही खाद्यान्न नमिल्दा यसरी असर गरेको हुन सक्ने बताए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण