झापा । झापामा १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
शुक्रबार राति अर्जुनधारा–५ की किशोरीमाथि चारजना युवाले सामूहिक बलात्कार गरेका पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन्।
किशोरीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो। थप तीन जनाको खोजी भइरहेको बुझिएको छ।इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार घटनाको ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ।
पीडित परिवारका अनुसार पीडकमध्येका दुईजनाले शुक्रबार अपराह्न किशोरीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए। त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटलमा पु¥याएका थिए। त्यहाँ उनका अरू दुईजना साथीहरू थिए।
उनीहरू चारजनाले नै रातभर किशोरीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन्।
घटनापछि बिहान पिडकमध्येका सुनील राजवंशीले पीडित किशोरीलाई मोटरसाइकलमा पीडितको घर पुर्याएका थिए। उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए।
तर, किशोरीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको जनाएको छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण