स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा रहेको जिल्ला कारागारका कैदीबन्दीहरु निजी स्वास्थ्य संस्थामा निर्भर रहेका छन् । कारागारमा स्वास्थ्यकर्मी नभएकाले उपचारका लागि कैदीबन्दीहरु निजी स्वास्थ्य संस्थामा निर्भर रहनुपरेको हो ।
सरकारले कैदीबन्दीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र हरेक कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी समेत कायम गरेको छ । सरकारले स्याङ्जा जिल्ला कारागारमा पनि पाँचौं तहको स्वास्थ्यकर्मीको दरबन्दी लागू गरेतापनी कारागारले स्वास्थ्यकर्मीको अभाव झेलेको जेलर दिनेश शर्मा मरासिनीले जानकारी दिए ।
कारागारमा दरबन्दी कायम पश्चात् अहेव मनोज कुमार यादवले केवल दुई वर्ष मात्र सेवा दिई २०७९ असार २४ गते रौतहट कारागारमा सरुवा गरेर गएका थिए । उनी सरुवा गरेर गएसङ्गै यहाँका कैदीबन्दीहरु निजि स्वास्थ्य संस्था, मेडिकलमा निर्भर हुन बाध्य रहेका छन् ।
अहेव सरुवा गरेर गएसङ्गै दुईपटक लोकसेवामा माग गरेपनी स्वास्थ्यकर्मी नपठाइएको जेलर शर्माले बताए । उनले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नभएपछि कहिले निजी स्वास्थ्यकर्मी ल्याएर त कहिले जोखिम मोलेर मेडिकल लगेर उपचार गर्नुपरेको बताए ।
नेपाल सरकारले नि: शुल्क उपचारको व्यवस्था गरेको भए पनि कारागारमा स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको कैदीबन्दीको गुनासो रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो