स्याङ्जामा लागूऔषध सहित पोखराका दुईजना पक्राउ

स्याङ्जामा लागूऔषध सहित पोखराका दुईजना पक्राउ

pic_laguaushad

स्याङ्जामा अवैध लागूऔषध सहित पोखराका दुई जना पक्राउ परेका छन् । वालिङ् नगरपालिका -८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा लागूऔषध सहित दुई जना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीले चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ५८४ नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिकाका दुईजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गत शुक्रबार बिहान ११:३० बजे पोखरा -९ का ३४ वर्षीय सुवास गुरुङ र पोखरा -३ का २२ वर्षीय दिनेश सिंह १९ एम्पुल डाईजेपाम, २० एम्पुल फेनरागन र नोर्फिन २१ एम्पुल सहित फेला परेकोले नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए ।

नियन्त्रणमा दिइएका दुईजनालाई लागू औषध मुद्दा दर्ता गरी आइतबार स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ