म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्क विहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए ।
भुरुङ्दी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङ्दी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।
“पुरानो बाटो बाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ ।” गुरुङले भने ।
एक्याप विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार विहान १० बजेर २१ मिनेटमा पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।
“पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” उनले भने ।
मंगलाबार पनि गोताखोर सहितको टोलीले खोलामा खोजी जारी राखिएको र पर्यटक हराएको जानकारी दुतावासलाई गराइसकिएको गुरुङले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन