पोखरा । पर्यटकीय पदमार्ग कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव भुरुङ्गदी खोलामा फेला गरेको छ । एक जना महिला अझै बेपत्ता छिन् ।
घोरेपानी हिँडेका स्पेनी नागरिक बर्ष ३७ का इरिक सोलेक कासानोभास (पुरुष) र बर्ष ३२ की मर्सी मोलास जुन्का (महिला) भएको पत्ता लागेसँगै उनीहरूको थप विवरण र खोजी कार्य थालिएको थियो ।
लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी थालेपछि मंगलबार एक जना पुरुषको शव परेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । वीरेठाँटीस्थित एक्याप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै बाटैमा भदौ ९ गते झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ । गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीले उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल पुरूषको शव भेटिएको र बेपत्ता महिलाको खोजी कार्य भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन