पोखरा । पर्यटकीय पदमार्ग कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव भुरुङ्गदी खोलामा फेला गरेको छ । एक जना महिला अझै बेपत्ता छिन् ।
घोरेपानी हिँडेका स्पेनी नागरिक बर्ष ३७ का इरिक सोलेक कासानोभास (पुरुष) र बर्ष ३२ की मर्सी मोलास जुन्का (महिला) भएको पत्ता लागेसँगै उनीहरूको थप विवरण र खोजी कार्य थालिएको थियो ।
लगातार २ दिनसम्म पनि उनीहरु फेला नपरेपछि खोलामा सशत्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी थालेपछि मंगलबार एक जना पुरुषको शव परेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण आयोजनाको वीरेठाँटी चेकपोस्ट नाम टिपाएका दुई जना बेपत्ता भएका थिए । वीरेठाँटीस्थित एक्याप चेकपोस्टमा उनीहरुले बिहान १० बजेर २१ मिनेट जाँदा नाम दर्ता गराएका थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ को तिखेढुंगास्थित मौजा खोलानजिकै बाटैमा भदौ ९ गते झोला, मोबाइल, टोपी टिसर्ट लगायतका कपडा तथा ट्रेकिङ सामाग्री भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ । गर्मी भएकाले उनीहरु खोलामा पौडी खेल्न गएको हुन सक्ने अनुमान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसीले उनीहरुको झोलासहितको सामाग्री फेला गरेको ठाउँभन्दा करिब डेढ किलोमिटर तल पुरूषको शव भेटिएको र बेपत्ता महिलाको खोजी कार्य भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो