स्याङ्जाको पुतलीबजार नगरपालिका -३ मा केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेडको बिरुवा सेवा केन्द्रबाट रकम हिनामिनाका आरोप लागेका बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवर २० लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार भूमिप्रसाद शर्माका अनुसार सहकारीको रकम हिनामिना गरेको आरोपमा सम्पर्कबिहिन रहेका अध्यक्ष कुँवर बिहिबार आफैं अदालतमा उपस्थित भइसकेपछी जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि धरौटीमा रिहा गरिएको हो ।
सहकारीका प्रबन्धक ध्रुव नारायण श्रेष्ठले गत साउन १० गते बिरुवा सेवा केन्द्रमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि स्याङ्जा प्रहरीले साउन ११ गते नै केन्द्र प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । वाग्लेले अनुसन्धानको क्रममा गाउँपालिका अध्यक्ष कुँवरसहित सहकारीको बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्र बहादुर केसी र मुक्तिनाथ बिकास बैंक लिमिटेड बिरुवा शाखाकी कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारीको नाम पोलेका थिए ।
सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि तारेन्द्र बहादुर केसी र सन्ध्या भण्डारीलाई स्याङ्जा प्रहरीले साउन २८ पक्राउ गरेको थियो भने अध्यक्ष कुँवर सम्पर्कबिहिन रहेका थिए ।
सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका वाग्ले र केसीलाई अदालतले गत भदौ ६ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो । त्यस्तै, आरोप लागेकी भण्डारीलाई एक लाख धरौटीमा रिहा गरेको थियो भने कुँवरलाई अदालतमा हाजिर हुन भनिएको थियो ।
सूर्योदय सहकारी ठगी प्रकरणपछि सहकारीमाथी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले छानबिन गरेको थियो । छानबिनका क्रममा सावाँ र ब्याजसहित गरी ३ करोड ६६ लाख ९३ हजार रुपियाँ हिनामिना भएको देखिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो