पोखरा । यस वर्षको डागर स्मृति पुरस्कार युवा पाइलट दीक्षान्त जंगबहादुर राणालाई प्रदान गरिने भएको छ । डागर स्मृति प्रतिष्ठान नेपालको बैठकले राणालाई
सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।
प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । पुरस्कार राशि नगद २० हजार र सम्मानपत्र छ ।
सन् २०१९ देखि अन्तरिक्ष यात्रीका रूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए । अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन सुरू गरेका थिए ।
दीक्षान्त हाल बुद्ध एयरका प्रथम अफिसर तथा को–पाइलट छन् । पोखरामा २३ भदौमा राजन पराशर डागरको स्मृति दिवस तथा ऋषि पञ्चमीका दिन उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यसअघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा. तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनीषा द्वा सो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ