पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पोखरा वडा नं. १५ कार्यालयको संयोजनमा भएको शिविरको वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गरेका थिए ।
कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष बानियाँले कलेजले आँखा शिविर, रक्तदान जस्तो पवित्र काम गरेकोमा खुशी व्यक्त गरे । विद्यार्थीहरु रक्तदान जस्तो सामाजिक पुण्यको काममा अग्रसर हुनु खुशीको कुरा बताए।

उनले वडामा अवस्थित कलेजहरुमा आइएसएमटीले छुट्टै पहिचान स्थापित गरेको उल्लेख गर्दै वडाकोे गौरवका रुपमा रहेको बताए ।
पोखरा घारीपाटन स्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा २ सय बढीले लाभ लिए । अस्पतालबाट खटिएको चिकित्सको टोलीले उनीहरुको आँखा जाँच गरी औषधि वितरण गरेका थिए ।

यस्तै, रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आजै भएको रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको कलेजका अपरेशन म्यानेजर शिव पौडेलले जानकारी दिए ।

इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेज नेपालका ५ मूख्य शहरहरुमा सञ्चालनमा रहेको छ ।
आइएसएमटी ग्रुप अन्तर्गत सञ्चालित यस कलेज काठमाडौंको तीनकुनेसहित पोखरा, चितवन, विराटनगर र बुटवलमा अवस्थित छ । आइएसएमटी कलेज बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।

व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि पछिल्लो समय आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको कलेजको ठहर छ । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम लागतमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ ।
आइएसएमटी कलेज पोखरामा हाल बीएचएम, बिएससी आइटी, बीबीएको पढाई भइरहेको छ । आईटीतर्फ कम्प्युटर सिस्टम ईञ्जिनियरिङ अन्तर्गत इथिकल ह्याकिङ, साइबर सेक्युरिटी, एन्ड्रोइड मोबाइल डेभलपमेन्ट र आर्टिफिसियल इन्टेलेजेन्स (एआई) का कक्षामा भर्ना लिइरहेको छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’