पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३ आँपु भन्ज्याङस्थित कालिका माविमा शुक्रबार तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
हरितालिका तिजका अवसरमा वार्षिक शैक्षिक क्यालेन्डर अनुसार सञ्चालित प्रतियोगितामा मञ्जिता गुरुङ, सुनीता केसी, दिव्या सुनार, सफलता शाही र कृतिका केसीको समूह प्रथम भएको थियो । त्यसै गरी, प्रेमिका तामाङ, सुषमा तामाङ, निरुता लोहार र सिर्जना नेपालीको समूह द्वितीय, कृतिका विक, स्वस्तिका नेपाली र अस्मिता विकको समूह तृतीय र सन्ध्या परियार, सुहानी नेपाली, सम्झना नेपाली, दिया गुरुङ र कृतिका विकको समूह सान्त्वना भएका थिए । आधारभूत तह (१–५) मा समीक्षा खत्री, खुसी गुरुङ, शिवानी गुरुङ, सोमन्या गुरुङ र दीक्षा गुरुङको समूह प्रथम तथा सामिया कुँवर, विनिसा पाण्डे, कुसुम नेपाली, जेनी मगर र ओम तामाङको समूह द्वितीय भएका थिए ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीको अध्यक्षतामा भएको प्रतियोगिताका विजेताहरूलाई शिक्षक–अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङ र सदस्य बेलबहादुर केसीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा शिवप्रसाद पौडेल, शान्तादेवी घिमिरे र लक्ष्मी गिरी रहेका थिए । शिक्षिका बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा कालिका बाल क्लबका सदस्यहरूले स्वागत गीत प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन