स्याङ्जामा गुडिरहेको एम्बुलेन्समा आगलागी, एम्बुलेन्समा पूर्ण क्षति

स्याङ्जामा गुडिरहेको एम्बुलेन्समा आगलागी, एम्बुलेन्समा पूर्ण क्षति

Amb_wlg

सिद्धार्थ राजमार्गमा गुडिरहेको एम्बुलेन्समा अचानक आगलागी हुँदा एम्बुलेन्समा पूर्ण क्षति पुगेको छ । मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार गत राती करिब १० बजे स्याङ्जाको पुतलीबजार न.पा.-११ करेनडाँडा स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट पोखरा तर्फ बिरामी लिई हिँडेको गह्रौँ प्राथमिक अस्पताल वालिङ, स्याङ्जाको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाबाट प्रहरी टोली सहित नगरपालिकाको दमकलको सहायतामा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको डिएसपी रानाले बताए । उनले एम्बुलेन्स पूर्ण क्षति भएको र मानविय क्षति नभएको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds