पोखरा महानगर अन्तर्गत ३३ वटा वडामध्ये सामाजिक काममा सक्रियतापूर्वक लागेको वडामध्ये वडा नं. १५ अग्रपंक्तिमा आउँछ ।
वडाको प्रशंसनीय काममध्ये वृहत सरसफाई कार्यक्रम पनि एक हो । वडामा सरसफाई, खेलकुद, विपन्न वर्गलाई सहयोग, स्वास्थ्यशिविर, महिला तथा युवा लक्षित कार्यक्रमहरु, कृषक वर्गलाई सहयोग जस्ता कार्यक्रम निरन्तर हुँदै आएको छ ।
वडा नं. १५ ले लामो समय लगातार बृहत् सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको थियो ।
शनिबार पनि रातीखहरेदेखि खोला क्षेत्रमा सरसफाई गरिएको छ । ‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको हो ।
सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष बानियाँले आफ्नो घर मात्र होइन, घर अगाडि, टोल सफा राख्न सके मात्र वातावरण स्वच्छ हुने र स्वस्थ रहन सकिने बताए ।
वडाध्यक्ष बानियाँले सरसफाइ कार्यक्रमसँगै अन्य सचेतना मूलक कार्यक्रमहरू पनि जोड्दै अघि बढेको उल्लेख गरे ।
उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक भाव जगाउने विचार व्यक्त गर्दै थपे – हामीले हिनामा एक दिन केही समय सफा गरेर सबै सफा हुने होइन तर यो कार्यक्रमले घरमात्र नभई टोल, सडक, वडा सफा राख्नुपर्छ भन्ने सन्देश दिनेछ ।
उनले सरसफाइ कार्यक्रम पोखरा –१५ को अभियान रहेको हुँदा यो अभियानलाई सार्थक बनाउन सम्पूर्ण वडाबासीलाई आग्रह गरे।
बानियाँले आजको सरसफाइ कार्यक्रममा जुट्ने सबैलाई धन्यवाद दिए।
आजको सरसफाइ कार्यक्रममा प्रहरी, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक अभियन्तासहित पोखरा –१५ का जना जनप्रतिनिधिको सहभागिता रहेको थियो।
२ ट्रक बढी फोहोर संकलन गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो