गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत् चयन भएका छन् ।
टान गण्डकीको शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले यसअघि वरिष्ठ उपाध्यक्ष रहेका आचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सडौला, सह-सचिवमा भूपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा छन्।
यसैगरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल, माधवप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भूपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना छन् ।
निवर्तमान अध्यक्ष धर्मराज पन्थी छन् ।
यसअघि, अधिवेशन उद्घाटन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गरेका थिए । उनले टानले पर्यटकहरूलाई गन्तव्यमा पुर्याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन