भोजपुर ।‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ ‘काले’ ले नागरिकता पाएका छन् ।
भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।
षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाई र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्याएर प्रकाशलाई नागरिकता दिएका छन् ।
प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए ।
वर्षाैं पहिले करिब १० वर्षको उमेरमा झापाबाट कामको खोजीमा काठमाडौं आएका प्रकाश हराएका थिए । उनी गोरखाको एक गाउँस्थित साहुको घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनको पुनर्मिलन भएको हो । अहिले उनी साहुको घरबाट बिदावारी भएर घर फर्किसकेका छन् ।
उनलाई सहयोग गर्न सहयोगी हातहरु अघि बढेको छ ।
सम्बन्धित खबर
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा