पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ ।
आगामी मंसिरमा ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटिहोम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।
सोमबार कोटिहोम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटिहोम हुन लागेको बताए ।
पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमी हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए । कोटिहोम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरी आफुहरुले कोटिहोमको आयोजना गर्न लागेको उनले बताए ।
कोटिहोम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निःशुल्क रुपमा सहभागी हुन सक्ने उनले बताए । ‘हामीले कोटिहोमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं, नत दबाब नै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ, सक्नुहुन्न भने पनि आएर पुण्य कार्यमा सहभागी हुन सक्नुहुन्छ’ उनले भने, ‘ढुंगेसाँघु लुकेको तीर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन्, तिनीहरुको पहिचान गराउनु हाम्रो उद्देश्य हो ।’
उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै, कोटिहोमकै क्रममा निःशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका बृद्धबृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।
रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जीवन्त पार्न कोटिहोमको आयोजना गर्न लागेको बताए ।
सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटिहोमको आयोजना गर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।
अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताए ।
उनले कोटिहोममा आइ पूण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटिहोममा प्रमुख वाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहनेछन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन