लामाचौर भलिबलः महिलातर्फ एभरेष्ट बुटवल तेस्रो, गण्डकी प्रदेश पराजित

भलिबल

लामाचौर भलिबलः महिलातर्फ एभरेष्ट बुटवल तेस्रो, गण्डकी प्रदेश पराजित

everest team

पोखराको लामाचौरमा जारी भलिबल प्रतियोगितामा महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवलले तेस्रो स्थान प्राप्त गरेको छ।

शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो।

पहिलो सेट एभरेष्टले २५-१५ को जित निकाल्यो। दोस्रो सेटमा २५-२१ र तेस्रो सेटमा २५-१७ को जित निकालेको हो।

तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

महिलातर्फ उपाधि भिडन्तमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रतिष्पर्धा गर्दैछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds