पोखरा । लामाचौर कपको तेस्रो संस्करणको च्याम्पियन गण्डकी प्रदेश भलिबल संघको टीम बाग्लुङको एक स्थानिय टिम ट्राभल इन्क्वारी गल्कोटसंग पराजित हुँदा तेस्रो समेत बनेन ।
पोखरामा शुक्रबार भएको तेस्रो स्थानको खेलमा गण्डकी पराजित भएको हो । केही महिनाको विश्राम पछि मैदानमा उत्रिएको गण्डकीको सेट टीमको यो वर्षको नमिठो पराजय हो । घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन गण्डकी दर्शकहरुलाई समेत निराश पार्दै गल्कोट संग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो ।

पहिलो सेटमा केही उत्कृष्ट खेल देखाएको गण्डकी २५–२७ ले, दोस्रो सेट २२–२५ र तेस्रो सेट समान २२–२५ ले गल्कोटलाई सुम्पिँदै चार प्रतियोगितामा सहभागि टीम मध्ये चौथो स्थानमा रहन पुग्यो । लिग चरणमा भने गण्डकीले गल्कोटलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
लामाचौर कपमा गण्डकीले आफूले खेलेका सबै खेलहरुमा निराशापूर्ण खेल प्रदर्शन गरेको छ । नेपाल पुलिस क्लबसंग र सशस्त्र प्रहरीको एपिएफ क्लबसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।
यसैबीच, पुलिस र एपीएफबीच फाइनल खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । २ सेट खेल भएकोमा एक एक सेट बराबरी भएको थियो
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला