पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न भएको छ। चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समूहगत तिज गीत प्रस्तुति रहेको थियो।
वडा नं १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए।
सहभागी टोलीलाई नगद जनही दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै, कार्यक्रममा प्रचार प्रसारमा सहयोग गरेका सेतोपाना डट कमका कार्यकारी सम्पादक शिशिर पौडेल, रेडियो अकलाका विराज शर्मा, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जरा, प्रमुख खबर डटकमका संजय थापा, समय नेपालका सन्देश बराल, पत्रकार रामप्रसाद पौडेल, परिवर्तन न्यूजका प्रकास अधिकारी, सोनी पिक्चर्सका नवराज थापा प्रचार प्रसार उपसमितिका सदस्य अनिल नेपालीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रममा मुख्य प्रायोजक, सह प्रायोजक, सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको सहसंयोजक मन्जु बस्यालले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको संरक्षकत्वमा संचालित मेला सबैको समवन्यमा सफल रहेको बताउँदै आगामी वर्षका लागि योजना सहित अगाडि बढ्नुपर्ने बताए ।
मेला व्यवस्थापन मुल समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक बडहरवोट आमा समुहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र संचालन मुल समितिका सदस्य भीम वहादुर गायक र सुनिता देवकोटाले गरेका थिए।
कार्यक्रममा लोकदोहोरी गायिका पुजा तामाङ, रिता तिमिल्सिनाले आफ्ना चर्चित तिजे भाकामा सहभागि महिलालाई नचाएका थिए। नृत्याङ्गना एन्जिला थापाको नृत्यले दर्शकमा उत्साह थपेको थियो। मेला हेर्न पोखराका विभिन्न भागबाट दर्शकहरु बाटुलेचौर मैदान पुगेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो