पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न भएको छ। चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समूहगत तिज गीत प्रस्तुति रहेको थियो।
वडा नं १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए।
सहभागी टोलीलाई नगद जनही दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै, कार्यक्रममा प्रचार प्रसारमा सहयोग गरेका सेतोपाना डट कमका कार्यकारी सम्पादक शिशिर पौडेल, रेडियो अकलाका विराज शर्मा, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जरा, प्रमुख खबर डटकमका संजय थापा, समय नेपालका सन्देश बराल, पत्रकार रामप्रसाद पौडेल, परिवर्तन न्यूजका प्रकास अधिकारी, सोनी पिक्चर्सका नवराज थापा प्रचार प्रसार उपसमितिका सदस्य अनिल नेपालीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रममा मुख्य प्रायोजक, सह प्रायोजक, सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको सहसंयोजक मन्जु बस्यालले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताए । उनले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको संरक्षकत्वमा संचालित मेला सबैको समवन्यमा सफल रहेको बताउँदै आगामी वर्षका लागि योजना सहित अगाडि बढ्नुपर्ने बताए ।
मेला व्यवस्थापन मुल समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक बडहरवोट आमा समुहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र संचालन मुल समितिका सदस्य भीम वहादुर गायक र सुनिता देवकोटाले गरेका थिए।
कार्यक्रममा लोकदोहोरी गायिका पुजा तामाङ, रिता तिमिल्सिनाले आफ्ना चर्चित तिजे भाकामा सहभागि महिलालाई नचाएका थिए। नृत्याङ्गना एन्जिला थापाको नृत्यले दर्शकमा उत्साह थपेको थियो। मेला हेर्न पोखराका विभिन्न भागबाट दर्शकहरु बाटुलेचौर मैदान पुगेका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो