एकै गाउँका २०–२३ वर्षका तीन युवकको असामयिक निधनपछि यतिबेला बागलुङको बान्द्रे अढाईथरबासी शोकमा डुबेको छ ।
तीजको दर खाएर नाचगान गरिरहेको समयमा स्थानीय बान्द्रेखोलामा उर्लिर बाढी आएपछि सवारी चलाइरहेका तीन युवाहरु अर्जुन सापकोटा, अभिषेक रेग्मी र कमल सापकोटा खोलासँगै बगे ।
कमल २० वर्षका, अभिषेक २२ वर्षका र ६ महिनाअघि मात्रै विवाह गरेका अर्जुन २३ वर्ष उमेरका हुन् । होनहार युवाहरुको असमयमै मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले गण्डकन्यूजलाई जानकारी दिए अनुसार विहिबार मध्यराति पौने १२ बजेको समयमा बान्द्रेखोलामा आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा उनीहरुलाई बगाएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर ४ स्थित बान्द्रेखोलाले कुँडुलेदेखि मालिका जाँदै गरेको उनीहरु सवार ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो ।
अर्जुन र अभिषेकको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको थियो भने कमल ढिला गरी मृत फेला परेका थिए । बाइक र स्कुटर खोला छेउमा भेटिएको थियो ।
स्थानीयका अनुसार तीनै जनाका अभिभावक विदेशमा छन् ।

सम्बन्धित समाचारः
बागलुङ बान्द्रेखोलामा मध्यराति बाढी आउँदा तीन युवकको मृत्यु
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो