गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले पर्वत जिल्ला अस्पताल निरिक्षणा गरेका छन् । सोमबार पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पताल निरिक्षण गरेका हुन् ।
पर्वत अस्पतालमा जिल्लाबासी मात्र नभएर बाग्लुङ जिल्लाका दक्षिण क्षेत्र नागरिकले पनि धेरै सेवा पाउने गरेका छन् । दूरीका हिसाबले बाग्लुङ जिल्लाको दक्षिण क्षेत्र र पर्वत अस्पताल नजिक रहेको छ ।
मन्त्री पाठकले त्यहाँ सेवा लिन आएका बिरामीसँग पनि अन्तरक्रिया गरेका थिए । बिरामी तथा परिवारहरूले अहिले पर्वत अस्पतालले दिएको सेवामा आफूहरु खुशी रहेको प्रतिक्रिया दिए ।
अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले मन्त्री पाठकलाई अस्पतालले दिन सक्ने सेवा र त्यहाँ भर्ना भएर बसेका बिरामीको बारे जानकारी गराएका थिए ।

त्यसैगरी, अस्पतालको भौतिक संरचनाहरूको समस्या र चुनौती विषयमा अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी गराएका थिए । गिरीका अनुसार अस्पतालका धेरै काम प्रदेशको मन्त्रालयमा रोकिएकाले आफूले अझै धेरै सुधार गर्ने नसकिरहेको मन्त्रालयको टीमलाई जानकारी गराएका थिए ।
अस्पतालको निरिक्षण गरेपछि मन्त्री पाठकले आफूले अस्पतालका समस्या जानकारी पाएको र आफूले नीतिगत रुपमा गर्ने सक्ने समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
पर्वत अस्पतालका पूर्व अध्यक्ष शिव पौडेल, नेकपा एमालेका पर्वतका पार्टी अध्यक्ष समेत रहेका अस्पतालका पूर्व अध्यक्ष गोबिन्द पहाडी , स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?