गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आत्महत्या रोकथाम विश्वमै चुनौतीपूर्ण रहेका बताएका छन् ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले विश्व आत्महत्या रोकथाम दिवसको दिन मंगलबार बिहान पोखरामा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै आत्महत्या रोकथाम विश्वभरी नै चुनौतीको बिषय बनेको बताएका हुन् ।
मन्त्री पाठकले आत्महत्याको दर भयावह रूपमा बढिरहेको भन्दै यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र आम जनताको प्रयास र सहयोग आवश्यक रहेको बताए ।

‘जीवन हाम्रो अमूल्य चीज हो, स्वस्थ जीवन जिउन अपरिहार्य छ ।’ स्वास्थ्यमन्त्री पाठकले भने– ‘विद्यालयदेखि लिएर गाउँबस्तीसम्म यस विषयमा सबैले चासो दिनुपर्ने हुन्छ ।’
“आत्महत्या रोकथामबारे संवाद सुरू गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयका महाशाखा/ शाखा प्रमुखहरु, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा नर्सिङ क्याम्पस, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
बिहान चिप्लेढुङ्गाको मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म र्याली गरेर सभागृहको प्राङ्गणमा सभा गरेर विश्व आत्महत्या रोकथाम दिवसको मनाइएको थियो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु