पोखरा । अग्रज पत्रकार राजबहादुर गुरुङ शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पूर्ण प्रसाद बराल, मायादेबी बराल प्रतिष्ठानद्धारा स्थापित गण्डकी प्रदेश स्तरिय सो पुरस्कार आज पत्रकार राज बहादुर गुरुङलाई औपचारिक समारोहकाबीच अर्पण गरिएको हो ।
बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भई समाज परिबर्तनको लागि महत्वपूर्ण भुमिका पु¥याएको भन्दै गुरुङलाई सो पुरस्कार अर्पण गरिएको हो । नेपाल प्रेस युनियन कास्कीद्धारा आयोजित पुरस्कार अर्पण कार्यक्रमका प्रमुख अतिथि गुरु कृष्णदास स्वामी लगायतले पत्रकार गुरुङलाई दोसल्ला, सम्मानपत्र तथा नगद २५ हजार ५ सय ५५ रुपैया प्रदान गरे ।

युनाईटेड खबर डटकमका प्रधान सम्पादक समेत रहेका पुरस्कृत पत्रकार गुरुङले यस अघि तमु पत्रकारिता पुरस्कार, कर्मकर्ण पत्रकारिता पुरस्कार लगायत अन्य धेरै पुरस्कारहरु हात पारिसकेका छन् ।
सोही अबसरमा बोल्दै स्वामीले पुरस्कार महत्वपूर्ण ब्यक्तिलाई अर्पण गरेकाले स्थापना गर्ने प्रतिष्ठानको गरिमा बढेको उल्लेख गरे । पत्रकारलाई दिईने सम्मान तथा पुरस्कारले चुस्त दुरुस्त तथा सन्तुलित समाचार संम्प्रेषण गर्न हौसाउने बताउँदै स्वामीले आगामी दिनमा पत्रकारिताको कलम सत्य, निष्पक्ष र सन्तुलनको पक्षमा चलाउन समेत आग्रह गरे । स्वामीले पत्रकारिता क्षेत्रमा जस्तो सुकै जोखिम मोलेर भएपनि सत्य तथा निष्पक्ष सुचना आम जनतामाझ पु¥याउने जस्तो महान कार्य अरु हुन नसक्ने बताए ।
उनले समयको महत्वलाई मध्यनजर गर्न सकेको खण्डमा जो कोही ब्यक्ति सफल बन्न सक्ने बताए । पुरस्कृत पत्रकार गुरुङलाई आजैबाट उपचार गरेर निको पार्ने प्रतिबद्धता समेत जनाएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार सरस्वती गुरुङ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ऋषिकान्त पौडेल लयायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो