बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुने २ जना र घाइते एक जनाको पहिचान खुलेको छ।
गाउँपालिकाको जिप दुर्घटनामा परेर रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुन घाइते भएका छन्। जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ। उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ।
काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो। उपाध्यक्ष बुढा गत भदौ १८ गते आमालाई लिएर उपचारका लागि काठमाडौं गएकी थिइन्।

वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए। वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। तर, वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए।
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए।
शुक्रबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा उनीहरू सवार जिप दुर्घटनामा परेको थियो। बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को भुखानीमा रा १ झ २०० नम्बरको सरकारी जिप दुर्घटनामा परेको थियो।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो