सुन्दरकुमार थकाली, मुस्ताङ । हिमालपारी मुस्ताङका निजामती कर्मचारीहरुले आफ्नो १४औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।
‘नतिजामुखी प्रशासन,समृद्ध र सुशासन’भन्ने उद्घोष सहित घरपझोङ गाउँपालिका पुथाङ एयरपोर्टबाट शुक्रबार निस्किएको कर्मचारी ¥यालीले जोमसोम बजार परिक्रमा ग¥यो ।¥यालीपछि जिसस कार्यालयमा आयोजित सभाको उद्घाटन गर्दे गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले संघीयता कार्यान्वयन संगै मुलुकमा अन्योल र कौतहलता छाएकाले यसलाई सही गन्तब्यमा लैजान कर्मचारीहरुको दायित्व भएको औल्याए।
निजामती कर्मचारी राष्ट्रको गहना तथा जनताको भरिया भएको उल्लेख गर्दे सांसद थकालीले कर्मचारीहरुले ऐन र कार्यदिशा अनुसार कार्य गर्नुपर्ने सुझाए ।‘विगतमा आफु पनि कर्मचारी थिए ।३४ वर्ष यही दौरानमा खर्चिएको हुँ,’सांसद थकालीले भने,‘राष्ट्र सेवक कर्मचारी निस्वार्थ मनले जुट्नु पर्छ । निस्वार्थ सेवाको प्रतिफल जनताको प्रिय बन्न सकिनेछ ।’सांसद थकालीले जिवनको तीन तिहाई सेवा मुस्ताङमा बिताएको उल्लेख गर्दे कर्मचारीहरुले निश्पक्षता र पारदर्शिताका साथ कार्यसम्पादन गर्नुपर्ने बताए ।

निमामती मुलसमारोह समिति अध्यक्ष प्रजिअ पौडेलले निमामती कर्मचारीले ईमान्दारीता र नैतिकताकालाई सदैव आत्म साथ गर्नेपर्ने बताए ।उनले निमामती कर्मचारीहरु थुप्रै समस्या र चुनौतीहरु रहेको उल्लेख गर्दे यसलाई राज्यले संम्वोधन गर्नुपर्ने बताए ।त्यस्तै, सिबिए मुस्ताङका अध्यक्ष प्रेम केसीले कर्मचारी संगठन सहितहरुले देखाएको बाटोमा अघि बढेको बताए ।उनले निजामती सेवा दिवस पेशागत हकहितको उपहार भएको उल्लेख गरे ।
यसअघि कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । जसअन्तर्गत खुल्ला ब्याटमिन्टन ,कविता र हाजिरी जवाफ प्रतियोगिता आयोजना संम्पन्न भएको हो ।प्रतियोगिताको हाजिरी जवाफमा धौलागिरी आवासिय मावि जोमसोमका अनिरुद्र गौतम अदितचन्द्र थकाली र कुलचन्द्र अधिकारीको समुह प्रथम,दिपक चापागाई,भुवन राणा र केशबहादुर बुढाथोकीको समुह द्धितिय र लबश्री बिश्वकर्मा,अश्मिता कुमारी यादब र संञ्जय चौधरीको समूह तृतिय भएका थिए ।
कबितातर्फ अनिरुद्र गौतम प्रथम ,शशिकला संम्फाहाम्फे द्धितिय र प्रकास शर्मा पौडेल तेश्रो भए ।त्यस्तै,प्रतियोगिताको ब्याटमिन्टनतर्फ नवराज श्रेष्ठको समूह प्रथम,हुमबहादुर भुजेलको समूह द्धितिय र हरिबहादुर गुरुङको समूह तेश्रो भएका थिए ।
प्रतियोगिताको कविता संयोजनतर्फ मतिलाल चपाई, ब्याटमिन्टन संयोजनतर्फ हुम भुजेल र हाजिरी जवाफ संयोजनतर्फ प्रेम केसी र राजेन्द्र आचार्यले जिम्मा लिएका थिए ।कविताको निर्णायक मण्डलमा रामचन्द्र अधिकारी र बुद्धिबल थापा थिए ।सो अवसरमा पुरस्कृत प्रतियोगिहरुलाई गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र प्रजिअ शिशिर पौडेल नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।
त्यस्तै सेवा निबृद्ध हुँने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा कार्यरत नासु खेमनारायण पौडेल र जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख झकबहादुर थापालाई सांसद थकाली र प्रजिअ पौडेलले दोसल्ला ओढाएर सम्मान गरे ।मुल समारोह समितिका अध्यक्ष प्रजिअ शिशिर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन राजेन्द्र आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?