पोखरा । इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको गण्डकी प्रदेश समिति अध्यक्षमा सन्तोष जिसी निर्वाचित भएका छन् ।
यही भदौ २८ देखि सुरु भएको तेस्रो कार्यकारिणी समितिको अधिवेशनमा शनिबार सम्पन्न निर्वाचनबाट जिसी पाँच सय ९२ मतसहित विजयी भएका हुन् । उनका प्रत्याशी महेन्द्रबहादुर गोदारले चार सय ७६ मत प्राप्त गरे ।
निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट वामपन्थी/प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकामा लोकतान्त्रिक समूहले सबै पदमा जित हासिल गरेको हो ।
यसैगरी, नेपाल इन्जिनियरिङ एसोसिएसन केन्द्रीय कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा गण्डकी प्रदेशबाट अवित केसी छ सय छ मतसहित विजयी भए । उनका प्रत्याशी रामचन्द्र पोखरेलले चार सय ३९ मत प्राप्त गरे ।
गण्डकी प्रदेशको उपसभापतिमा विशाल थापा छ सय ६८ मत ल्याएर विजयी हुँदा प्रत्याशी कृष्ण रिजालले तीन सय ९० मत प्राप्त गरे । सचिवमा निरोज लामिछाने छ सय छ मत ल्याएर विजयी भए । उनका प्रत्याशी आनन्द भट्टराईले चार सय ४२ मत पाए ।
सहसचिवमा मञ्जु शिलाकार पाँच सय २४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी अस्मिता खनालले पाँच सय २१ मत पाइन् । कोषाध्यक्षमा विश्वास आचार्य पाँच सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्याशी सोवित श्रेष्ठले चार सय ६९ मत प्राप्त गरे ।
सदस्यहरूमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो