नेगम परियार, मनाङ । मनाङ जिल्लामा आँखा सम्बन्धी समस्या भएका विरामीलाई लक्षित गर्दै निःशुल्क आखाँ शिविर हुने भएको छ । सो अवसरमा आँखाको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको छ ।
तिलगंगा आखाँ प्रतिष्ठान, काठमाडौँ, सामुदायिक आखाँ केन्द्र चामे मनाङ र जिल्ला अस्पताल मनाङको संयुक्त आयोजनामा यही असोज ७ र ८ गते निशुल्क आखाँको चेक जाँच तथा आखाँमा मासु पलाएको, मोतिबिन्दु भएकाहरुलाई निःशुल्क उपचार तथा अप्रेसन गरिने भएको हो ।
सोहि दिनको लागी जिल्ला भरी नै गाउँ गाउँमा पुगी आखाँ जाँच तथा आखाँमा मासु पलाएको र मोतिबिन्दु भएका बिरामीहरुको छनोट गर्नको लागी जिल्ला भित्रका हरेक गाउँ गाउँमा पुगी आखाँ शिबिर गरि रहेको छ । नाशोङ गाउँपाललिकाका हरेक गाउँ गाउँमा पुगी शिबिर गरिसकेको छ ।
शनिबारबाट माथिल्लो गाउँपालिका मनाङ ङिस्याङ्ग गाउँपालिकाको गाउँ गाउँमा पुगी शिबिर सञ्चालन गरिने भएको सामुदायिक आखाँ केन्द्र चामे मनाङका नेत्र सहायक रितु श्रेष्ठले बताएका छन् । जिल्ला भित्र गरिएको शिबिरबाट अप्रेसन गर्नु पर्ने आखाँका बिरामीहरुलाई असोज ७ र ८ गतेका दिन सामुदायिक आखाँ केन्द्र चामे मनाङको आफनै भवनमा बरिष्ठ आखाँ बिशेषज्ञ डाक्टरहरु द्धारा निशुल्क आखाँ चेक जाँच तथा मोतिबिन्दु ,आखाँमा मासु पलायको बिरामीहरुको उपचार गरिनेछ ।

असोज ७ र ८ गते हुने बृहत आखाँ सिबिरमा उक्त रक्तचाप भएका तथा मधुमेह भएका बिरामीहरुको लागी पनि बिशेषज्ञहरु बाट बिशेष चेक जाच समेत गरिने र पर्दाको बरिष्ठ डाक्टर आउने भएकोले पनि सबैले एक चोटी आफनो आखाँको चेक जाच गराउन आग्रह गरिएको छ ।
यस सामुदायिक आखाँ केनद्र चामे मनाङले ई.स २०१७ मा ३५ जनाको निुशुल्क आखाँको अप्रेसन गरेको र शिबिरमा ५०० जनाको आखाँको चेक जाच भएको थियो । यस बर्ष २०१८ को हाल सम्म सामुदायिक आखाँ केन्द चामे मनाङले ५०० भन्दा बढी आखाँको बिरामीहरु आएर सेवा लिएका छन । अघिल्लो बर्ष भन्दा यस बर्षमा छोटो समय मै बढी आखाँका बिरामीहरु आएको उनको भनाई छ ।
जिल्ला अस्पताल पनि नजिकै पायक परेकोले पनि बढी मात्रामा आँखा जाँच गर्न आएका छन् भने बढी मात्रामा टि.भि हेर्ने, मोबाईल चलाउने तथा बढी कमप्यूटरको प्रयोग जस्ता क्रियाकलापहरुले गर्दा पनि आखाँको बिरामी बढेका छन् ।
सो दिन तिलगंगा आखाँ प्रतिष्ठान काठमाडौँबाट बरिष्ठ आखाँ बिषेशज्ञ डाक्टरहरुको उपस्थितीमा उक्त आखाँ शिबिर गरिने भएको हो । सामुदायिक आखाँ केन्द्र मनाङ जिल्लामा २०७० साल मा स्थापना गरिएको थियो ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो