पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।
संघको ३५ औं महाधिवेशन अन्तर्गत भएको मतदानको अन्तिम परिणाममा प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले ४ सय ८८ बढी मत ल्याएर विजयी भएका हुन् । कुल २२४७ मत खसेकोमा अध्यक्षमा निर्वाचित कार्कीले १३ सय ३९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले ८५१ मत प्राप्त गरे ।
उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरे ।
संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।
यसैगरी खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ मत ल्याएर बिजयी भएका हुन् ।
त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याउँदा पराजित हुन पुगे ।
संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो