नदिजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने स्याङ्जा भीरकोट नगरपालिका वडा नं. १ का वडा सदस्य खुम बहादुर खाँणका २ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा सदस्य खाँणका दुवै ट्याक्टरलाई नदिजन्य सामाग्री सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अवैध ओसारपसारमा संलग्न ग १ त ७३३७ र प्र .२-०३-००१ त ४०१० नम्बरका ट्याक्टरहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि स्थानीय तह रहेको भीरकोट नगरपालिकालाई जिम्मा दिइएको डिएसपी रानाले बताए ।
भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामाग्री रातीको समयमा अवैध चोरी निकासी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अवैध चोरी निकासी नियन्त्रणमा खटिएको दहथुम प्रहरी चौकीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सवारी धनी एवं भीरकोट नगरपालिका वडा नं. १ का जनप्रतिनिधि वडा सदस्य खाँणको मिस्कट र बालुवाको स्टक प्रमाणित भएपनि ढुङ्गाको स्टक प्रमाणित नभएको र खरिद गरिएको बिल समेत नभएकाले नियन्त्रणमा लिइएको हो ।
दभङ्ग शैलीका प्रहरी नायब निरीक्षक प्रमोद कँडेल
दहथुम प्रहरी चौकीमा कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि प्रहरी नायब निरीक्षक प्रमोद कँडेलले अवैध गतिविधि विरुद्ध दभङ्ग शैलीमा एक्सनमा उत्रिने गर्छन् । उनले जिम्मेवारी सम्हालेपछी भीरकोटको शान्ती सुरक्षामा समेत सुधार भएको छ ।
उनी दभङ्ग शैलीमा एक्सनमा उत्रिने कारणले नै बजार क्षेत्रमा लागूऔषध दुर्व्यसनी, चोरी डकैँती , नदीजन्य सामाग्रीको अवैध चोरी निकासी तथा ओसारपसारका कार्यहरु नियन्त्रणमा आएका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?