राष्ट्रिय दलित पत्रकार संघ, कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध चयन भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न अधिवेशनले सुनारलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
संघको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली, सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनारलाई चयन गरेको छ। संघको नयाँ कार्य समिति सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक चयन भए ।
यस्तै, अधिवेशनले केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । सात जना केन्द्रिय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधि चयन गरिएको छ ।
उक्त अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचालले दलितको मुद्दा दलितले मात्रै नभइ अन्य जातजातिले समेत उठाउन आवश्यक रहेपनि त्यसका लागि अहिले दलितले नै लड्नुपर्ने बताइन् ।
नवनिर्वाचित अध्यक्ष सुनारले दलित पत्रकारको काँधमा पत्रकारितासँगै दलित अधिकारका सवाल बोकेरअघि बढ्नुपर्ने स्थिति आइपरेको सुनाए । उनले अबका दिनमा संस्थालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान अध्यक्ष रामशरण नेपालीले नयाँ समितिलाई शुभकामना दिँदै संस्थालाई झन् बलियो बनाउनु पर्ने दायित्व नयाँ समितिलाई रहेको बताउँदै आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपालीले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन