पोखराका उद्योगी व्यवसायीले युवा नेतृत्व रुचाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व होडमा उभिएका सबैभन्दा कान्छा उम्मेदवार सौगात थापालाई सम्मानजनक मत दिएर सदस्य पदमा विजयी बनाएका छन् ।
शनिबार भएको मतदानमा उद्योगी व्यवसायीले उत्साहपूर्वक सहभागी भएर सौगातलाई मत दिएका हुन् । संघको खुल्लातर्फ १० सदस्यमा १४ जना चुनावमा होमिएका थिए ।
त्यसमध्ये सौगातले तेस्रो स्थान प्राप्त गरे । कूल २ हजार २ सय ५१ मत खसेकोमा सौगातले १ हजार ४ सय ९४ मत ल्याए । यो पपुलर मत हो ।
यसअघिको कार्यसमितिमा मनोनित भएर कार्यसमितिमा प्रवेश गरेका सौगात यसपटक मतदाताबाटै अनुमोदित भएका हुन् । ‘नारामा युवा पटक पटक, नेतृत्वमा युवा यस पटक’ नारा लिएर सौगात चुनावमा होमिएका थिए ।
उनी अर्जुन पोखरेल टीमबाट चुनाव लडेका हुन् । चुनाव जितेपछि सौगातले आफ्नो जीतको श्रेय सबै मतदाता र शुभेच्छुकलाई जाने बताए ।
सौगातले संघको छविलाई उच्च बनाउन युवा नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे । युवाहरुले नै प्रभावकारी काम गर्ने बताउँदै उनले युवा व्यवसायीका समस्यालाई सम्बोधन आफू लागिपर्ने बताए ।
उनले बुवा विन्दुकुमार थापाको बाटोलाई पछ्याउँदै संघमा अघि बढेको बताए । बुवा बिन्दुकुमार थापा अहिले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री छन् । बिन्दुकुमार थापा यस पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो