पोखराका उद्योगी व्यवसायीले युवा नेतृत्व रुचाएका छन् । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व होडमा उभिएका सबैभन्दा कान्छा उम्मेदवार सौगात थापालाई सम्मानजनक मत दिएर सदस्य पदमा विजयी बनाएका छन् ।
शनिबार भएको मतदानमा उद्योगी व्यवसायीले उत्साहपूर्वक सहभागी भएर सौगातलाई मत दिएका हुन् । संघको खुल्लातर्फ १० सदस्यमा १४ जना चुनावमा होमिएका थिए ।
त्यसमध्ये सौगातले तेस्रो स्थान प्राप्त गरे । कूल २ हजार २ सय ५१ मत खसेकोमा सौगातले १ हजार ४ सय ९४ मत ल्याए । यो पपुलर मत हो ।
यसअघिको कार्यसमितिमा मनोनित भएर कार्यसमितिमा प्रवेश गरेका सौगात यसपटक मतदाताबाटै अनुमोदित भएका हुन् । ‘नारामा युवा पटक पटक, नेतृत्वमा युवा यस पटक’ नारा लिएर सौगात चुनावमा होमिएका थिए ।
उनी अर्जुन पोखरेल टीमबाट चुनाव लडेका हुन् । चुनाव जितेपछि सौगातले आफ्नो जीतको श्रेय सबै मतदाता र शुभेच्छुकलाई जाने बताए ।
सौगातले संघको छविलाई उच्च बनाउन युवा नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे । युवाहरुले नै प्रभावकारी काम गर्ने बताउँदै उनले युवा व्यवसायीका समस्यालाई सम्बोधन आफू लागिपर्ने बताए ।
उनले बुवा विन्दुकुमार थापाको बाटोलाई पछ्याउँदै संघमा अघि बढेको बताए । बुवा बिन्दुकुमार थापा अहिले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री छन् । बिन्दुकुमार थापा यस पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ