नेगम परियार, मनाङ । मनाङमा पहिलो पटक कर्मचारी हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति मनाङद्धारा आयोजना गरिएको कर्मचारी हाजिरी जवाफ प्रतियोगिता गरि निजामती कर्मचारी दिवश मनाईएको हो ।
कार्मक्रममा जिल्ला भरीका सम्पुर्ण निजामती कर्मचारीहरुको उपस्थिती रहेको थियो । हरेक गाउँपालिकाबाट १-१ टिम दर्ता गर्ने भनिएता पनि चामे गाउँपालिकाबाट भने निबेदन परेको थिएन । ३ गाउँपालिकाबाट र बाकीँ ४ वटा टिम गरि जम्मा ७ वटा टिमको प्रतिष्पर्धा रहेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष खुलानाथ गौतमले बताए ।
कार्यक्रम जिल्ला खेलकुद बिकास समितिको कर्भडहलमा गरिएको थियो । ४ वटा गाउँपालिका रहेको यस जिल्लामा ४ वटै गाउँपालिकाबाट ४ वटा टिम दर्ता भएको थियो । कार्यक्रममा प्रथम हुने लेखा क शिक्षा कार्यालयको टिमले नगद रु ५००० सहित प्रमाण पत्र, द्धितिय हुन सफल जिल्ला प्रशासनको टिम नगद रु ३००० सहित प्रमाण पत्र, तृतिय स्थान प्राप्त गर्ने नाशो गाउँपालिकाको टिम नगद रु २००० सहित प्रमाण पत्र र मनाङ ङिस्याङ्ग गाउँपालिका सान्तवना भई नगद रु १००० सहित प्रमाण पत्र प्राप्त गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति मनाङका अध्यक्ष निलकण्ठ पौडेल लगायतबाट पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो