पोखरा । पर्यटनको राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिइएको छ । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वभर प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा फेस्टिभल हुन लागेको हो ।
बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको ३ किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ । यसका लागि आवश्यक तयारी भइरहेको छ । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा रहेको बलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए ।
उनका अनुसार यस फेस्टिभलमार्फत पोखरालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य छ । “कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास रहेको छ” उनले भने ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न र पर्यटन प्रवद्र्धन गर्न फेस्टिबलले योगदान गर्ने बताए । उनले यस फेस्टिभलले पोखराको पर्यटन क्षेत्रम थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइनेछ ।
फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक हप्तासम्म चल्ने महोत्सवमा करिब ५ सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब ३ हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब ३ सय वटा गैर व्यावसायिक उडान हुनेछ । फेस्टिभलका अवसरमा पोखरामा मिनि बल्न सो पनि हुनेछ ।
सो अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुनेछ । नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने साँस्कृतिक प्रदर्शनी पनि गरिनेछ । त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ ।
फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा घाइल्याण्डमा सम्पन्न ’इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ