बिग न्युज, पोखरा । हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गर्ने भएको छ ।
इभेन्ट, प्रोग्राम र न्यूज । तीन पक्ष सबल बनाउँदै यस प्रदेशकै सर्वोत्कृष्ट बनेको रेडियोले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा यस पटक पनि रेडियो गेम शोलाई निरन्तरता दिएको हो । आईतबारदेखि सञ्चालन हुने रेडियो गेम शो मंगलबार अर्थात् भदौ २६ गतेसम्म तीन दिन चल्नेछ ।
एफएमले दिएको जानकारी अनुसार नोभा दही बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । यसअघि, एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा गतवर्षदेखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै फेसबुक कमेन्ट समावेश गरेको हो ।
रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । रेडियोमा विभिन्न समयमा सो प्रश्न बज्नेछन् र सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने महिला स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । यस्तै रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नमुनी कमेन्टमा सही उत्तर लेख्नुपर्नेछ ।
नोभा दही बिग तीज, बिग धमाकाका हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी वा सी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।
तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक शंकर तिवारीले बताए । नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए । नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु