पोखरा । पोखरामा सूर्यदर्शन सहकारी पीडितले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
सोमबार दिउँसो सहकारीको रकम अपचलनमा संलग्न रहेका रविलाई पक्राउ गर्न माग गर्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रदर्शन गरेका हुन् ।
पीडितले रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहँदा रास्वपा समर्थकले भने रविलाई षडयन्त्र गरेर फसाउन खोजिएको भन्दै सरकारको बिरोधमा प्रदर्शन गरेका छन् । दुवै पक्ष विरोधमा उत्रिएपछि पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
प्रशासन कार्यालय अगाडिको एक छेउमा सहकारी पीडित र अर्को छेउ (शहीद चोक) मा रास्वपाका कार्यकर्ताले नाराबाजी गरिरहँदा बीचमा सुरक्षाकर्मी तैनाथ थिए ।
सहकारी पीडितले ‘सहकारी ठग मुर्दाबाद’, ‘पीडितलाई न्याय दे’, ‘अपराधीलाई कार्वाही गर’, ‘रवि लामिछानेलाई पक्राउ गर’ जस्ता नारा लगाएका थिए भने रास्वपाका कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् ।
साथै सरकारले सभापति रविलाई फँसाउन खोजेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा ल्याइएको छ । कास्की प्रहरीले उनलाई आज अदालत पेस गर्दैछ ।
प्रहरीले जोशी विदेश जान लागेको सूचना पाएपछि पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको जनाएको छ । जोशी पक्राउ परेसँगै रवि लामिछाने पनि पक्राउ पर्ने आकलन भइरहँदा रास्वपाका कार्यकर्ता आन्दोलित बनेका हुन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह