पोखरा रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला हुन्छ ।
पर्यटन दिवसकै सन्दर्भमा संग्रहालयले शनिबार ऐतिहासिक फोटो प्रदर्शनी र पुस्तकसमेत सार्वजनिक गर्दे छ । रसियाली लेखक एवं पर्वतारोही युरी रोदिचेभले संकलन गरेका ४० फोटाहरु शनिबार प्रदर्शनीमा राखिने छन् । नेपालको हिमाल र हिमाली क्षेत्रमा उनले खिचेका ती तस्बिरहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् ।
संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले भनिन्, ‘प्रदर्शनीपछि ती फोटा स्थायी रुपमा संग्रहालयमै रहने छन् । सँगै रोदिचेभको पुस्तक ‘दी हिमालयज’समेत सोही समारोहमा सार्वजनिक गरिनेछ । गत वर्ष यो संग्रहालय एक लाख ९८ हजार जनाले अवलोकन गरेका छन् ।
संग्रहालयको रेकर्डअनुसार यहाँ १ सय ५ देशका नागरिकले भ्रमण गरेका छन् ।
संयुक्त राष्ट्र संघले यसपालिको विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति तय गरेको छ । पर्यटनको माध्यमबाट शान्ति र समृद्धिमा योगदान पुग्ने पक्षलाई ध्यान दिई यो नारा बनाइएको हो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा