मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् ।
मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।
संविधानसभा सदस्य श्रीमाया थकाली, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेल र एक्यापका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतका अतिथिहरुले पत्रकार थकालीलाई पुरस्कृत गरे ।
२०७० सालबाट आदर्शसमाज दैनिक पोखरादेखि पत्रकारिता सुरु गरेका पुरस्कृत पत्रकार थकाली समाधान दैनिक, एपीवान टेलिभिजन, अन्नपूर्ण पोष्टमा कार्यरत छन् । राजधानी दैनिक, इमेज टेलिभिजनमा पनि उनले काम गरिसकेका छन् । १२ वर्षदेखि कठिन भूगोलमा रहेर पत्रकारितामा निरन्तर क्रियाशील थकाली इमुस्ताङन्यूज डटकमका सञ्चालक पनि हुन् ।
पत्रकार महासंघ मुस्ताङका अध्यक्ष थकालीले यसअघि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
पर्यटन र शान्ति नाराका साथ शुक्रबार ४५ औं विश्व पर्यटन दिवस मनाइँदैछ । जोमसोम विमानस्थलमा पर्यटकहरुको स्वागत गरी विमानस्थलदेखि जिल्ला समन्वयसमितिको सभाहलसम्म बाजागाजासहित बजार परिक्रमा गरी प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको छ ।

सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?