पोखरा थिएटरको टिमले आगामी कार्तिक महिनामा स्याङ्जा बजारमा दुई दिन र वालिङ् बजारमा दुई दिन गरी आफ्नो नाटक `एक चिहान´ मञ्चन गर्ने भएको छ ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनका अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा पुगेर यो वर्ष नाटक मञ्चन गर्ने लक्ष्य अनुरुप आगामी कार्तिक ८ र ९ गते स्याङ्जा बजारमा साथै ११ र १२ गते वालिङ् बजारमा नाटक मञ्चन गरिने छ ।
स्याङ्जा परिवर्तनको जन्म जिल्ला पनि रहेकोले पहिलोपटक नाटक मञ्चन गर्ने अवसर पाउँदा आफू निकै हर्षित बनेको बताए । उनले जन्मथलोमा नाटक लिएर जाँदा अपार माया मिल्ने आशा रहेको सुनाए ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा भदौ १३ गतेबाट बुकिङ सो मार्फत उक्त नाटक मञ्चन भएको थियो । पोखरा थिएटरको `एक चिहान´ नाटक पर्वत, लमजुङ र तनहुँ जिल्लामा समेत मञ्चन भइसकेको छ ।
साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेखेको `एक चिहान´ उपन्यास कक्षा १२ को पाठ्यक्रममा समेत समावेश रहेको छ जसका कारण यो नाटकमा बढी विद्यार्थीको आकर्षण देखिने गरेको छ । नाटक मञ्चन हुने क्रममा साहित्यकार प्रधानले नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानहरु माथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्ग निर्देशन गरेको कुराहरु अनुभूति गर्न पाइन्छ ।

साहित्यकार प्रधानको उपन्यास एक चिहानलाई पोखरा थिएटरका परिवर्तनले नाट्य रुपान्तरण तथा निर्देशन गरेका हुन् । वि.सं. २०७६ सालको साउन महिनामा पहिलोपटक यो नाटक पोखरा थिएटरमा मञ्चन गरिएको थियो । पोखरा थिएटरका अनुसार उक्त नाटकको हालसम्म २ सय ५० सो मञ्चन भएको र करिब ५० हजार दर्शकले नाटक हेरिसकेका छन् ।
उक्त नाटकमा परिवर्तन, रमेशबाबु तिमिल्सिना, जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, रन्जु दाहाल, धनकाजी श्रेष्ठ, सनम पुन, उत्सर्ग सुवेदी, सलिना श्रेष्ठ, सिर्जना राना, पुष्पा थापा, प्रतीक घिमिरे लगायतको अभिनय रहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा