हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका ६ जना बालकमध्ये ३ जनाको शव भेटिएको छ ।
शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा ६ जना बेपत्ता भएका थिए ।
सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये ६ जना पहिरोमा परेर हराएका थिए ।
बेपत्ता विद्यार्थीहरूमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् ।
तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुष्टि गरे ।
उनीहरुमध्ये शव भेटिएकाहरुको पहिचान भइनसकेको अध्यक्ष पुडासैनीको भनाई छ ।
मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । २५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट ९ जनाको टोली त्यसतर्फ जाँदैछ । भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो ।
यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।
सम्बन्धित खबर
ब्रेक फेल भएको बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
हेटौँडामा जमिनमुनि भासिएर बेपत्ता गाडी अझै भेटिएन
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
हेटौँडा-काठमाडौँ जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह
झण्डै साढे ११ करोडको ८ किलो बढी सुनसहित हेटौँडाबाट २ जना पक्राउ
मकवानपुरमा पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जना बालक सबै मृत भेटिए
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह